बाँके माघ २३ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ कार्यालयले यस आर्थिक बर्षमा दाहसस्कारका लागि नि:शुल्क रुपमा दाउरा उपलब्ध गराउने भएको छ।
अब एउटा मुख्य समस्या हड्ने भएको छ । वडा नम्बर ८ को कार्यालयबाट सिफारिस लिएर उपमहानगरपालिका भित्र रहेको वडा १ देखि २३ वटै वडा सम्मको लागि यो सुबिधा उपलब्ध गराइएको हो ।
वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता बैश्य ले आर्थिक रुपले कमजोर असहाय परिवारलाई यो सेवा उपलब्ध गराइने जानकारी दिए ।
फागुन १ गतेदेखि लागू हुने वडा कार्यालयले दिने सेवा सुबिधा योजना शुरूवात हुनेछ, र सर्वसाधारणले अझै सहज र सरल सुबिधा लिन पाउने भएका छ्न । वडा सदस्य निखिल कुमार बैश्यले बताए।
नेपालगनञ्ज वासिले भोगेको मुख्य समस्यालाइ अब नेपालगनञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नया प्राबधान ल्याएको र जनतामाझ थप कुखियाली समेत ल्याएको वडा अध्यक्ष वैश्य ले बताए ।
Discussion about this post