बाँके माघ २३ गते । राष्ट्रिय शिक्षा नीति र ऐनबारे विहीबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्याब्सन बाँकेको आयोजनामा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले राष्ट्रिय शिक्षा नीति र ऐनले नीजि क्षेत्रमा देशको शैक्षिक गुणस्तरमा पुर्याएको योगदानको नजर अन्दाज गरिएको टिप्पणी गरेका छन् ।
शिक्षा क्षेत्रमा नीजि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहभागी वक्ताहरुले तर शिक्षा नीति र ऐनले त्यसलाई अवमूल्यन गरिएको भन्दै असन्तुष्टि पोखेका थिए । प्याब्सन बाँकेको अध्यक्ष राजेन्द्र आचार्यको सभापतित्वमा भएको अन्तरक्रियामा बोल्ने सहभागीहरुले नीजि क्षेत्रको लगानीको सुरक्षालाई पनि शिक्षा नीति र ऐनले समेट्नु पर्ने बताए । कार्यक्रममा प्याब्सनका केन्द्रीय पूर्व उपाध्यक्षद्धय बिद्यमान राजभण्डारी, अर्जुनलाल नेवार,प्याब्सन प्रदेश पाँचका उपाध्यक्ष ऋषिकेश जिसीलगायतले धारणा राख्नुभएको थियो ।
Discussion about this post