खोजखबर संवाददाता
बाँके असार २८ गते । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले संगठनमा आवद्ध युवाहरु सक्रिय भएर नेतृत्वलाई विधान र प्रक्रियाअनुसार चल्न दवाव दिने समय आएको बताउनु भएको छ ।
तरुण दल बाँकेका कार्यकर्ताहरु सँग आज नेपालगञ्जमा छलफल गर्दै शाहीले यस्तो बताउनु भएको हो ।
कार्यकाल सकिनै लाग्दा जिल्ला दौडाहामा रहेका महासचिव शाहीले माउ पार्टीले तरुण दलको केन्द्रिय कमिटि विस्तार गराउन नसकेको भन्दै अन्तिम चरणमा आएर आफु राजीनामा दिन बाध्य हुने बताउनु भयो ।
तरुण दल बाँकेका अध्यक्ष एवं जिल्ला कमिटि सदस्य विरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जिल्लाका विभिन्न तहमा रहेका तरुण दल कार्यकर्ताहरुले महासचिव शाहीलाई संगठनको अवस्थाका बारेमा प्रश्न राखेका थिए ।
Discussion about this post