खड्क सुनार मुगु माघ २७ गते ।
शनिबारको विदामा नुहाई धुवाई गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको छ । मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं ३ बुगा गाँउमा रहेको कालिका माद्यामिक विद्यालयमा कार्यरत बाँके जिल्ला नेपालजंग उप–महानगरपालिका वडा नं ४ गणेशपुर स्थायी घर भएका बर्ष २७ का शिक्षक जय बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतका अनुसार मृतक शिक्षक शनिबार गाँउ नजिक रहेको धारामा लता कपडा धोएपछि आफुले नुहाई धुवाई गरि पाखामा घाम तापी रहेका बेला एक्कासी बसेकै स्थानबाट लडेका थिए ।
घाम तापेको पाखाबाट लडेर २०० मिटर तल पुगेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागी शनिबारै ३ घण्टा टाढा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानिय र प्रहरीले लगेका थिए ।
उपचार कै क्रममा शाहीको स्वास्थ्य केन्द्र मै शनिबार राती ११ बजे मृत्यु भएको र आफन्त घर परिवार नेपालगंजबाट आउने भएकाले शाहीको दाहसस्कार नभएको जिल्ला प्रहरी कार्यल मुगुले जनाएको छ । प्रहरीले बताएको छ । हिमाली भिरपाखा र कठिन भुगोलका कारण बर्षेनी दर्जन बढी व्यक्तिहरुको लडेर मुत्यु हुने गरेको प्रहरीले तत्थ्याकले देखाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post