कञ्चनपुर माघ २८ गते । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत अधिकारकर्र्मी पक्राउ परेका छन ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेको प्रहरी ले जनाएको हो ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी ले जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेका ले पक्राउ गरेको बताउनुभयो ।
प्रदेश प्रमुख र प्रदेशका सचिवहरु कञ्चनपुर आउँदा जिल्ला प्रशासन कार्यालय प्रवेशमा अवरोध गर्न खोजेकाले पक्राउ गरिएको एसपी मरासिनी ले बताउनुभयो ।
गत वर्ष साउनमा बलात्कारपछि हत्या भएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु धर्नामा बसेका थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post