बाँके खजुरा माघ २८ गते । बाँकेको खजुरा गाँउपालिकामा दोस्रो शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु भएको छ ।
विद्यार्थी हरुको आन्तरीक प्रतिभा प्रस्फुटन गर्ने र खजुरागाँउ पालिका लाई शैक्षिक हबको रुपमा बिकाश गर्ने उद्देशले २८ र २९ गते सम्म नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरामा दुई दिने दोस्रो शैक्षिक महोत्सव सन्चालन भएको हो ।
खजुरामा रहेका ६५ वटा समुदायक ,संस्थागत र मदरशा विद्यालयहरु ले प्रत्यक्ष रुपमा अतिरिक्त क्रियाकलापमा गत वर्ष सतप्रतिशत विद्यालय ले भाग लिएका थिए भने अहिले पनि ६१ वटा विद्यालयको सहभागीता रहेकाले शैक्षिक रुपमा बिकाश गर्न मदत पुगेको खजुरा गाँउपालीका अध्यक्ष किस्मत कुमार कक्षपति ले जनाए ।
यस्तो कार्यक्रम ले विद्यार्थी हरुको मनबल बढाउने गर्द छ । अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागितालाई जोड दिँदै गएको छ ।
हाजिर जवाफ प्रतियोगीता ,निवन्ध,कथा,नृत्य,चित्रकला लगायत १३ वटा क्रियाकलाप हरु सन्चालन गरीएको छ । विद्यार्थी हरुको आन्तरकि प्रतिभा प्रस्फुटन हुने यस्ता क्रियाकलाप ले सहयोग गरेको विद्यार्थीहरुको भनाई छ ।
Discussion about this post