नवलपुर माघ २९ गते । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ छरछरेमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ बर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ बर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० बर्षीय पूर्णबहादुर थापा, २५ बर्षीय लिलाबहादुर सारुको मृत्यु भएको हो ।
दुर्घटनामा परी ४ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङटार ३ निवासी बलबहादुर झेडी मगरको अवस्था गम्भीर रहेको छ । उनको टाउको र खुट्टामा चोट लागेको छ ।
त्यसैगरी ४० बर्षीय छालबहादुर सारु मगर, २९ बर्षीय विमलराज सुस्लिङ्ग मगर, ११ बर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको छ ।
लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइतेहरुको पुराना मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।
मृतक दुई जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र बुलिङ्गटारमा रहेको छ भने दुई जनाको शव पुरानो मेडिकल कलेज चितवनमा रहेको छ ।
ट्याक्टर कच्ची सडकमा अचानक अनियन्त्रित भई सकडबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post