बाँके फागुन ६ गते । आउदो चैत्र महिनामा नेपाल प्रेस युनियको केन्द्रीय महाधिवेशनको तयारीका लागि आज नेपालगञ्जमा सचिवालयको स्थापना गरिएको छ । युनियनको चैत्र महिनामा हुने ९ औं महाधिवेशनलाई लक्षित गर्दै नेपालगञ्जको सुर्खेतरोडस्थित वेष्टर्न विजनेस कम्पलेक्समा मंगलबार युनियका अध्यक्ष बद्रि सिग्देलको उपस्थितिमा सचिवालयको स्थापना गरिएको हो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले सरकारले प्रेस स्वतन्त्रतालाई मजबुत बनाउनुपर्ने बताए । जिल्लास्तरबाट महाधिवेशनका लागि तयारी तिब्र रुपमा अगाडि बढेको र आजै महाधिवेशनका लागि कमिटी समेत गठन गरिएको प्रेस युनियनका उपमहासचिव प्रेम केसीले जानकारी दिए । महाधिवेशन आउदो चैत्र महिनाको २१ र २२ गते नेपालगञ्जमा आयोजना हुने समेत जनाएका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post