जयपति ढकाल बाँके फागुन ८ गते ।
बाँकेको जानकी गाउँपालिका(२ बिहानी क्लबको आयोजनामा बिहानी नगरवाट सुरु भएको कलस यात्रा भृकुटीनगर ,गणेशमान चोक, बि. पि चोक हँुदै बागेश्वरी मन्दिरको परिसरमा समापन गरेको छ ।
आज बिहान ८बजे वाट महादेव शिवलिङ्ग स्थापनार्थ बृहत कलश यात्रा सुरुवात गरेको हो ।
सृष्टिकर्ता ब्रह्मा जी , पालन कर्ता बिष्णु जी र संहार कर्ता शिव जी का रूपमा लिइन्छ । शिव जी को पूजा हरेक वर्ष शिव रात्रिमा मनाउने बिहानी क्लबका अध्यक्ष केशब शर्मा ले बताए ।
शिव जी को मन्दिर स्थापनाका लागि ३ कट्टा जग्गा श्री घन श्याम घर्ती ले प्रदान गर्नुभएको छ । मन्दिर स्थापनाका लागि सम्पूर्ण स्थानिय बासीको आर्थिक सहयोग रहेको अध्यक्ष शर्मा ले जानकारी दिए । कलश यात्रामा सम्पूर्ण शिव भगवानको आस्थावान ,समाज सेवी , बुद्धिजीवी ,सुरक्षा कर्मी तथा मन्दिर पुजारीको समेत कलश यात्रामा सहभागी रहेको थियो ।
Discussion about this post