सुर्खेत फागुन ९ गते ।
सुर्खेतको भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक दुई लाख घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका खानेपानी तथा सरसफाई प्राविधिक चित्रबहादुर केसीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
भेरीगंगा नगरपालिका(११ स्थित तल्लो बराह क्षेत्रमा निर्माण भएको झोलुङ्गे पुलको भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुसलिइसकेको अवस्थामा उनी पक्राउ परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सेवाग्राहीसँग घुस मागीरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले बिहीबार साँझ सोही नगरपालिकाको वडा नम्बर १० स्थित मदानीचौरको उन्नती टोलबाट केसीलाई पक्राउ गरेको उनले बताए ।
केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको कोइरालाले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post