पोखरा फागुन १२ गते । पोखराको फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका हुन् ।
सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको उद्धार भएको छ । पोखरा महानगरपालिका १८ खपैदी स्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफै डुङगा चलाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा पल्टिएका थिए ।
डुङगा पल्टिएको देखेपछि उद्धार लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि जलार बेहोस भएका पछि उनलाई शसस्त्र प्रहरीले उद्धार गरेको छ । उनको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भएको छ ।
हराईरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरीरहेका छन् । तीन जना पोखरा घुम्नका लागि आएका थिए । डुङगा चढ्दा लाइफ ज्याकेट लाउनु पर्ने नियम भएपनि उनी नलगाई चढेको प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post