काठमाडौं फागुन १२ गते । सिंहदरबारस्थित नेपाल टेलिभिजनको कार्यालय नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टविनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो ।साँझ ७ :२५ बजे सुरु भएको आगलागी ७:५० मा नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन् । डस्टविनमा चुरनेटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन् । आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post