खोजखबर संवाददाता
बाँके असार ३० गते। साउन १ गतेदेखि लागु हुने आर्थिक नीतिको विरोधमा नेपालगञ्ज उद्योग बाणिज्य संघ र बाँके चेम्बर अफ कमर्शले बजार बन्दको आव्हान गरेका छन् ।
साउन १ गते उद्योग प्रतिष्ठान बन्द गर्न सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका अध्यक्ष नन्दलाल बैश्य , प्रथम उपाध्यक्ष अव्दुल वाहिद मन्सुरी लगायतको सहभागिता रहेको थियो । भोली मंगलबार कालो पट्टी बाँधी विरोध जनाउने कार्यक्रम छ ।
Discussion about this post