दाङ फागुन १५ गते । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्बाचनमा तुलसिपुर उधोग बाणिज्य सघका पुर्ब अध्यक्ष बिमल रिजालले दाङ बाट केन्द्रिय सदस्य पदमा उम्मेदवारिको घोषणा गरेका छन् ।
तुलसीपुरका व्यवसायी रिजालले आगामीहुने उद्योग वानिज्य महासंघको निर्वाचनमा केन्द्रिय सदस्य पदमा उमेद्वारी दिएका हुन् । उनले देश व्यापी दौडाहामा रहेका व्यवसायी रिजालले प्राईम टाएम्स टेलिभिजन संग संछिप्त कुरा गर्दै निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनकालागि आफुले उमेद्वारी दिएको बताए ।
प्रचार प्रसारकालागी काठमाण्डौमा रहेका रिजालले सरकार र व्यवसायी विच पछिल्लो समय बढ्दै गएको दुरीलाई कमगर्न आफ्नो उमेद्वारी भएको बताए । उनले व्यवसायीक हितका एजेन्डा कार्यान्वयन गर्न आफनो उमेद्वारी भएको जनाएका छन् ।
Discussion about this post