खड्क सुनार मुगु फागुन १६ गते । मुगु जिल्ला अदालतमा पछिल्लो समय मुद्दाको संख्यामा न्युन रहेको छ । चालु आर्थिक वर्षमा परेका र लगत सरेर आएका मुद्दाहरुको संख्यामा न्युन रहेको हो । मुगु जिल्ला अदालतले चालु वर्षका ७ महिना अर्थात् साउन महिना देखि पुष मसान्तसम्म दर्ता भएका मुद्दाहरुको स्थिती, फस्र्यौट र बाँकी भएको मुगु जिल्ला अदालतले जानकारी दिएको छ ।
अदालतका निमित्त कार्यालय प्रमुख ना.सु विद्धराज बुढाले कर्णालीपत्र लाई दिनु भएको जानकारी अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७४ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका थिए । ति मध्ये ३३ वटा मुद्दा फस्र्यौट भई ४१ वटा मुद्दा फैसला गर्न बाँकी रहेका छन् । त्यस्तै गत आर्थिक वर्षमा अदालतमा देवानी , फौजदारी मुद्दा १ सय १९ वटा रहेकोमा ५० वटा फस्र्यौट भई ६९ वटा बाँकी रहेको निमित्त कार्यालय प्रमुख बुढाले जानकारी दिए ।
दुनियाबादी फौजदारीका २० मुद्दा आएकोमा ५ फस्र्यौट भएका छन् भने १५ वटा बाँकी रहेका छन् । अदालतका अनुसार चालु वर्ष सम्बन्ध बिच्छेदका ८ वटा मुद्दा दर्ता भएका छन् । ति मध्ये पुरुषले दिएको सम्बन्ध बिच्छेदका मुद्दा ३ थिए भने महिलाले दिएका ५ थिए । पछिल्लो समय सम्बन्ध बिच्छेदका मुद्धा बढि मात्रा छायानाथ रारा नगरपालिका बाट आएको जनाईएको छ । भने अन्य स्थानीय तह बाट फाटफुटमा आउने गरेको मुगु जिल्ला अदालतका कम्प्युटर अपरेटर बालकुमार मल्लले बताए ।
Discussion about this post