बाँके फागुन १८ गते । नेकपा बाँकेको दोश्रो पूर्ण बैठकले विभाग सँगै सचिवालय गठन गरेको छ । श्रोतका अनुसार स्कुल विभागको प्रमुखमा अशोक कोइराला, संगठनमा रत्न खत्री, प्रचार विभागको प्रमुखमा प्रमोद धिताल र उपप्रमुखमा रतन शाही, प्रेस संगठनको इन्चार्जमा अछरी पोखरेल, स्थानीय तह विभागको प्रमुखमा होमनाथ सापकोटा लगायत चयन हुनुभएको छ ।
अध्यक्ष आईपी खरेलको अध्यक्षतामा भएको बैठकले जिल्ला कमिटी सचिवालय गठन तथा विभागका इन्चार्ज र सह इन्चार्ज चयन गरेको हो । बैठकमा पार्टीका प्रदेश अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, केन्द्रीय सदस्य दिनेश यादव, महेश्वर गहतराज, मोहम्मद हारुन, पूर्णाकुमारी सुवेदी लगायतको सहभागिता रहेको छ ।
बैठकमा सम्बोधन गर्दै प्रदेश ५ का मुख्य मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश ईन्चार्ज शङ्कर पोखरेलले पार्टी कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधीबीच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो ।
Discussion about this post