जनकपुरधाम फागुन १९ गते । प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्षलाई पक्राउ गरेको छ । प्रहरीले धनुषाबाट उनलाई आइतबार राति १२ बजेतिर गणेशमान चारनाथ नगरपालिका—५ स्थित सुखवनी खोलाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका—३ बस्ने ५० वर्षीय गौरीनारायण मण्डल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डल नेकपा विप्लव समूह निकट अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेको प्रहरी निरीक्षक अवधेश यादवले जानकारी दिए । प्रहरीका अनुसार संगठित अपराध, बम बिस्फोट तथा कर्तव्य ज्यान मुद्दाका उनी फरार प्रतिवादी हुन् । झण्डै तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी गराइएको बम बिष्फोटमा उनको संलग्न रहेको प्रहरीको भनाइ रहेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post