बाँके फागुन १९ गते । ग्रामीण भेगका बालबालिका तथा वयस्कहरुमा फोहर पानी, धुँवा धुलोका कारण आँखामा र विभिन्न स्वास्थ्य समस्या सिर्जना भएको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
उक्त कुरा बाँके जिल्लाको राप्ती पारीको नरैनापुर गाउँपालिका अन्तर्गत विकट गाउँ वडा नम्बर ५ अन्तर्गत मटेहिया गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका अधिकाँश आएका ग्रामीण समुदायका मानिसहरुको स्वास्थ्य परीक्षण पछि थाहा लागेको हो । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा ३ सय ९२ जना सर्वसाधारण लाभान्वित भएका छन् ।
आयोजक संस्थाकी अध्यक्ष श्रीमती लता शर्माले दिनु भएको जानकारी अनुसार शनिवार विहान ९ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालित उक्त शिविरबाट १८६ जना महिला र २०६ जना पुरुष समेत ३ सय ९२ जना सर्वसाधारणको स्वास्थ्य परीक्षणका साथै औषधि निःशुल्क वितरण गरिएको थियो ।
शिविरमा सबभन्दा कम उमेर १८ महिनाका बालबालिकादेखि १ सय वर्षिय वृद्ध तथा ७५ वर्षिया महिलाले स्वास्थ्य परीक्षण गराएको अध्यक्ष श्रीमती शर्र्माले जानकारी दिनुभयो । एक सय वषिय अलि रज्जा शेखले पनि स्वास्थ्य परीक्षण गरी आषौधी निःशुल्क पाएकोमा दङ्ग परेका थिए ।
सो शिविरमा स्वास्थ्य परीक्षणमा संलग्न नेपालगन्ज मेडिकल कलेजका डा। मोहम्मद आजाम र डा। जिया खानका अनुसार बाथ रोगको समस्या, कानबाट पानी र पिप बग्ने, छालाको समस्या, दम, आथराइटिस, हाइपरटेन्सन, फङ्गल इन्फेक्सन, उच्च रक्त चाप, मधुमेह, छाती र पेट दुख्ने, जिउ दुख्ने, चिलाउने आदि सम्बन्धि समस्याबाट गाउलेहरु पीडित देखिएका थिए ।
महिलाहरुमा पाठेघरको समस्या, रजस्वला अनियमितता, रक्त अल्पता, बच्चा नपाउने समस्या, सेतो पानी बग्ने लगायतका समस्या देखिएको छ ।
स्थानीय महेन्द्र माध्यमिक विद्यालय परिसरमा सञ्चालित सो शिविरमा विद्यालयका प्रधानाध्यापक सन्तोष तिवारीले आफ्नो विकट गाउँमा आएर अत्यन्तै विपन्न समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षण र गुणस्तरीय औषधी समेत निःशुल्क उपलब्ध गराएकोमा खुशी व्यक्त गर्नु भएको थियो । उहाँले आफ्नो वडाका विपन्न वर्गका धेरै सर्वसाधारण र विशेषगरि अधिकाँश जेष्ठ नागरिकहरु लाभान्वित भएको बताउनु भयो ।
आयोजक संस्थाका उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, नितेश गिरी, निखिल जायसवाल, रमण कुमार शर्मा, महिला बचत तथा ऋण परिचालन समन्वय समिति केन्द्र नं। ७ की अध्यक्ष कृष्णा खत्री, स्वास्थ्यकर्मीहरु राजेन्द्र वर्मा, सुश्री स्मारिका श्रेष्ठ, सिर्जना धौलाकोटी लगायतले सहयोग गरेका थिए ।
Discussion about this post