जयपति ढकाल बाँके फागुन १९ गते । ईन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन प्राइभेट लिमिटेडले २७ औं शाखाको नेपालगन्जमा उद्घाटन गरेको छ ।
सोमबार नेपालगन्जमा एक औपचारिक कार्यक्रमका बिच नेकपा बाँकेका संयोजक तथा प्रदेश सभासद इन्द्र प्रसाद खरेल, कम्पनीका असिस्टेन्ट भायस प्रेसिडेन्ट लुब रत्न श्रेष्ठ, शाखा प्रबन्धक भानुभक्त रेग्मी लगायतका अतिथिहरुले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नेपालगञ्जलाई इन्टरनेट फास्ट चल्ल र सस्तो सुलभमा इन्ट्नेटको सहज होस भनी काठमाडौ भ्याली भन्दा बाहिर अरु २६ शाखा मध्य पनि नेपालगञ्जमा खोलिएको हो ।
उद्घाटन समारोहमा बोल्दै सभासद इन्द्र प्रसाद खरेलले नेटमा जनतालाई छिटो छरितो चल्ने गर्नु होस कुनै किसिमको नेटमा समस्या नदेखिने गरि काम गर्न सुझाव दिएका छन ।
स्थापनाको १८ बर्ष पछि भ्याली बाहिर आफ्ना सेवा प्रदान गर्ने उदेश्यले भायनेटले नेपालगन्ज लगायत देशका अन्य स्थानमा आफ्नो शाखा बिस्तार गर्ने रणनीति लिएर कार्य गर्दै गरेको नेपालगन्ज शाखाका प्रबन्धक भानुभक्त रेग्मिले बताए ।
उक्त कार्यक्रमको अध्यक्षता लुब रत्न श्रेष्ठ ले गरेका थिए ।
प्रमुख अतिथी नेकपा बाँकेका संयोजक तथा प्रदेश सभासद इन्द्र प्रसाद खरेल, विशिष्ट अतिथी प्रदेश नम्बर पाँच का सांसद कृष्णा केसि (नमुना), नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना), महासचिव चिरञ्जीवी वलि जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख उपरीक्षक वीर बहादुर वलि, हिसान केन्द्रिय समितका उपाध्यक्ष इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post