जयपती ढकाल फागुन १९ गते ।बाँकेमा सामाजिक युवा नेतृत्व अवार्ड २०२० सिजन टु च्यापटर एक सुरु गर्दै अ-क्रेटर अवसर संगै पुरस्कार सहितको व्यापक तयारीको साथमा नेतृत्व अ-क्रेटरले सिजन टु गर्न थालेको छ ।
विशेष युवाहरुलाइ व्यवहारिता,सामाजिक बिकास ,आत्म बिश्वास ,जस्ता विभिन्न कृयाकलाप तालीम लियर यो कार्यक्रम विद्यार्थीहरुलाइ गर्न लागेको छ ।
फागुन १९ गते बाट २९ गते सम्म नेपालगन्ज बांकेका विभिन्न स्कुलबाट १४-२० बर्ष सम्मका युवाहरूलाई रु १०० रुपैया मात्र लिएर फारम लिने र साझ तिर चोक जस्तै त्रिभुवन चोक ,सेतु बिक चोक ,बिपि चोक ,धम्बोझी चोक,नर्सिङ होम अगाडि बाट फारम भर्न सुरु गरेको छ ।यो कार्यक्रमको सुरुवात चैत को पहिलो हप्ताबाट १५ दिनसम्म तालीम लियर गर्ने आयोजक टिमले जानकारी दिएको छ।
कतै महत्त्वपूर्ण कार्य र अवसर बाट छुट्नु होला ।विभिन्न स्थान मा कर्मचारी खटाएर धमाधम फारम लिदै गरेको त्रिभुवन चोक बसेको कार्यक्रम कोडिनेटर सागर क्षेत्रीले बताएका छन ।
यो भन्दा पहिला सुर्खेत ,बांकेको खजुरा ,कोहलपुर ,नेपालगन्ज पहिलो सिजन गरिसकेको सुचित्रा कार्कीले जानकारी दिएकी छन ।
१४ देखि २० बर्ष सम्मका युवाहरुलाइ विशेष प्राथमिकता दिएर कार्यक्रम आयोजना गर्न लागेको बताएका छ्न ।अब सामाजिकआर्थिक ,सद्भाव ,मेलमिलाप ,युवाहरु शिक्षामा मात्र सिमित नभई ब्यावहरिकता ज्ञानको पनि त्यतिनै आवश्यकता रहेको हुनाले आजको समृद्ध शान्त समाजको महत्त्वपूर्ण भुमिका निभाउन युवाहरुको कार्ययोजना बनाइएको चुनौती र अवसरको सामना गर्ने नेतृत्व बिकास सामाजिक अगुवाइमा काम गर्ने जिम्मेवारीका साथ युवा हरुला प्रोत्साहनका साथ उकृष्ट ब्यक्ति लाई ५० हजार पुस्कृत सम्मान समेत गर्न लागेको छ ।
सामाजिक क्षेत्रका अगुवा योगदान १० बर्ष अनुभव प्राप्त मुल समिति संयोजक पुर्व नगर बालक्लब अध्यक्ष सुरेन्द्र चलाउने नेतृत्वमा कार्यक्रम हुनलागेको छ ।
उत्कृष्ट ब्यक्तिलाई विभिन्न किसिमका अवसर दिइने जस्तै राष्ट्रिय ख्याती प्राप्त टेलिभिजन बाट अन्तर्वार्ता ,स्वरोजगार विभिन्न जुनसुकै विद्यालयमा अध्यान गरे पनि १ बर्ष सम्म स्कलर सिपको ब्यवस्था प्रधान पनि गर्ने अवसर दिइने बताएका छन ।
कार्यक्रम विभिन्न तह सरकारवाला निकाय र भिआइपी अतिथी आमन्त्रित गरेर कार्यक्रम समापन गर्ने जानकारी दिएका छन ।
Discussion about this post