खोजखबर संवाददाता
काठमाडौँ साउन १ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एकता पक्रिया टुङ्गो लगाएका छन् । नेकपा महासचिव विष्णु प्रसाद पौडेलका अनुसार अध्यक्षद्धयले मंगलबार बसेर एकता प्रक्रिया टुङ्गो लगाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेताद्धय बैकमा महासचिव पौडेल सहभागी थिए ।महासचिव पौडेलले भने, ‘दुई अध्यक्षबीच भएको छलफलले एकता प्रक्रिया टुङ्गो लागेको छ । र यसको प्राविधिक कुरा साउन ५ गते बस्ने सचिवालयको बैठकबाट टुङ्गो लाग्ने छ ।’
यो समाचार आजको गोरखापत्र दैनिकमा उल्लेख छ ।
Discussion about this post