काठमाडौं फागुन २२ गते । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल—भारत ३७ सीमा नाकामा पनि चेकजाँच गरिने भएको छ ।
उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै आउजाउ हुने नेपाल र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली पठाएर चेकजाँच गरिनेछ ।
प्रदेशहरुमा टोली पठाइसकेको छ भने अरु नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । साभार अनलाईन खबर
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post