शुक्रराज आचार्य
मुगु फागुन २३ गते । मुगुकाे साेरु गाउँपालिकामा हिजो देखी कक्षा १ देखि ९ सम्म २०७६ सालको वार्षिक परीक्षा सुरु भएको छ । मुगुमा चिसाे बढेसँगै विद्यालयमा भएका कक्षा कोठामा वार्षीक परिक्षा दिने विद्यार्थी नअट्ने भएपछि मुगुका केही विद्यालयका विद्यार्थीहरु खुला चौरमा बसेर परिक्षा दिन बाध्य भएका छन्।
कक्षा १ देखि ९ सम्मका सबै विद्यार्थीलाई कक्षा कोठाको व्यवस्था नहुँदा साेरुकाेट गाउँपालिका धैनकाेट ११काे श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री जगतमाला माध्यामिक विद्यालय धैनकाेट १० ले खुला चौरमा राखेर वार्षीक परीक्षा गराउन बाध्य भएकाे जनाएको छ।
पठनपाठन पनि बाहिरै र वार्षीक परिक्षा पनि खुल्ला चौरमा बसेर दिनु पर्दा परिक्षामा लेख्ने बेला ध्यान अन्यत्रै मोडिने समस्या विद्यार्थीले भोग्नु परेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी बिबेक मल्लले बताए । त्यसमाथि हावा चलेको बेला उत्तरपुस्तिक र प्रश्नपत्र उडेर जाने समस्या पनि भोग्नु परेको विद्यार्थीको गुनासो छ।
यता श्री जगतमाला माध्यमिक विद्यालयमा अध्ययनरत अर्का विद्यार्थी उजिरा अाचार्यले कोठा भित्र दिनु पर्ने परीक्षा बाहिर खुला ठाउँमा बसेर दिनुपरेको बताईन् ।
वाार्षिक परीक्षा बाहिर बसेर दिँदा परीक्षार्थीहरुलाई असर पर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुर्य खत्रीकाे भनाई छ। चिसोको बेला परीक्षा खुल्ला ठाउँमा दिँदा न्यानो भए पनि बाहिरको वातावरणले असर गर्ने उनको भनाई छ। जसले गर्दा विद्यार्थी नजितामा समेत असर पर्ने उनले बताए। विद्यालयमा प्रयाप्त कक्षा कोठा नहुँदा चौरमै बसेर अध्ययन गरिरहेका विद्यार्थीको भवन अभावमा परीक्षासमेत खुल्ला चौरमा लिन विद्यालय बाध्य भएको श्री राष्ट्रिय माध्यमिक विद्यालयका लेखापाल बिरजगं मल्लले बताए। गत बर्ष जिल्ला शिक्षा कार्यालयले दिदै आएको नियमित शिक्षण सिकाई अनुदान मा.बि. काे लगाएत सबै गाउँ पालिकाले फिरिज गरेकाे मल्लकाे भनाइ छ ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धैनकाेट ११ काे विद्यालयमा भवन नै कम भएको र भएका भवन पनि सानाे भएका कारण परीक्षा चौरमा सञ्चालन गर्नु परेको विद्यालयले जनाएको छ।
Discussion about this post