बाँके फागुन २६ गते ।
बाँके क्षेत्र नम्बर २ का संघिय सांसद तथा पुर्ब शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेका छन् ।
रङ्गरङ्गैको पर्ब होलि यस बर्ष कोरोना भाइरसको कारण धेरै भिडभाडमा नजान, पानी रङ नखेली सद्भाव जगाउदै सामान्य तरिकाले होलि मनाउन उनले सबैलाई आग्रह समेत गरेका छन् ।
सांसद समेत रहनु भएका राई ले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना सहित यसपालिको हाम्रो होलि भनेको कोरोना भाइरस विरुद्धको होलि हुनेछ भन्दै समाजिक सञ्जाल फेसबुक मार्फत उनले शुभकामना दिएका छन ।
समाजमा जसरी कोरोना भाइरसका बारेमा त्रास फैलिएको छ, त्यसका पछि नलागी दैनिक खानपान स्वास्थ्य र सरफाईलाई ध्यान दिनु पर्ने बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post