विष्णु अधिकारी
बर्दिया, फागुन, २६ गते । धनले मात्र केहि हुदैन, मनले चाहे जस्तो काम पनि गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा बर्दियाका युवा निर्माण व्यवसायीले घर निर्माण गरी प्रशंसनीय काम गरेका छन् । मानिसले जीवनमा आफु र आफ्ना परिवारका लागि धन कमाउनु कुनै नौलो कुरा होईन । तर बर्दियाका २ युवा निर्माण व्यव्सायीले भने आफ्नो लागि मात्रै नभई समाजमा रहेका गरिव विपन्नका लागि पनि सहयोग गरेर नमूना योग्य कार्य गरेर देखाएका छन । गुलरिया नगरपालिका वडा नम्बर —६ का बिमल के.सी र प्रकाश श्रेष्ठले गुलरिया नगरपालिका वडानम्बर –८ सरजु नदी टपरा बस्ने राजेश अधिकारीलाई ७ लाख मूल्य वरावरको घर वनाई दिएर उदाहरणिय कार्य गरेका हुन् । निर्माण सम्पन्न घरमा भान्छा कोठा सहित ३ कोठे पक्की घर सोमबार एक कार्यक्रम बिच उनीहरुले हस्तान्तरण गरेका छन् ।
हस्तान्तर कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादबले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गर्नु पर्नै काम दुई युवा व्यवसायीले गरेको वताए । सवै व्यक्तीले आफ्नो लागि मात्र कमाउने गरेकोमा आफ्नो कमाई बाट गरिबलाई छाना दिने दिने कामको जति प्रशंसा गरे पनि कम हुने नगर प्रमुख यादबले बताएका छन् । के.सी.र श्रेष्ठबाट आफूले समेत ठुलो पाठ सिकेको उनले वताएका छन् । व्यवसायी के.सी. ले आफ्नो कमाईको केहि रकम समाज सेवामा लगाउनु पर्छ भन्ने अग्रजको प्रेरणाका कारण आफूहरुले सहयोग स्वरुप घर निर्माण गरेको वताएका छन् । आगामी दिनमा पनि घरको छानोको अभावमा दिन काट्नु पर्ने गरिव बिपन्न परिवारलाई घामपानिबाट जोगाउन अझै प्रयास गर्ने व्यवसायी के.सी.ले वताएका छन् । निर्माण व्यवसायी के.सी. ले यस अघि पनि मधुवन नगरपालिका वडा नं. ४ ओराली बजारमा आफ्नो निजी लगानीमा करिब ४ सय मिटर पक्की बाटो निर्माण गरेका थिए ।
Discussion about this post