बाँके फागुन २६ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले होली मिलन कार्यक्रम गरेको छ । कोरोनाको जोखिमका कारण भव्य कार्यक्रम नगरे पनि जनप्रतिनिधि र कर्मचारीबीच होली मिलन कार्यक्रम गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
मेयर धवल शम्शेर राणालाई उपमेयर उमा थापामगरले अबिर दलेपछि जनप्रतिनिधि र कर्मचारीहरुबीच एक आपसमा अबिर घसाघस गरेर शुभकामना आदानपप्रदान गरिएको थियो । कोरोना भाइरसको जोखिमका कारण सरकारको निर्देशनमा सभा, सम्मेलन, मेला महोत्सव र भेला भएर होली खेल्न रोक लगाइएको छ । त्यसैले पनि नेपालगन्ज उपमहानगरपालिकाले कार्यालयभित्र सीमित जनप्रतिनिधि र कर्मचारीबीच होली मिलन कार्यक्रम गरेको उपमेयर उमा थापा मगरले जानकारी दिईन । अघिल्लो बर्षजस्तो यसपाली होलीको रौनकता देखिएको छैन् ।
Discussion about this post