बाँके फागुन २८ गते । बाँकेका युवाहरु शान्ति प्रवद्र्धनमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपाल युवा परिषद, प्रदेश नं.५ र सभ्य समाज नेपालको सहकार्यमा नेपालगन्जमा भएको शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण कार्यशालामा सो कुरा बताएका हुन् ।
सामाजिक सद्भाव, भाईचाराका विकास, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण गर्ने उद्देश्यका साथ युवाहरुलाई अहिंसा, मानवीय भाव र मेलमिलापको वातावरण सिर्जना गर्नको लागि सो कार्यशाला आयोजना गरिएको नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले जानकारी दिएका छन् ।
सो कार्यशाला द्धन्द्ध रुपानत्रण र शान्ति निर्माणमा युवाहरुको भुमिका बारे नेपाल युनाईटसका कोषाध्यक्ष कौशिल्या सुनुवार र नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले प्रशिक्षण गरेका थिए । सोही कार्यशालामा भिन्टेज कलेज अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टका प्रिन्सीपल गजेन्द्र मल्लले शान्ति र युवाको बारे जनकारी दिएका थिए । त्यसै गरि सन्चार क्षेत्रले कसरी शान्ति ल्याउन मद्धत गर्न सक्छ भन्ने बारे सिआईएन, काठमाण्डौका पत्रकार लिलप्रकास चन्दले जानकारी दिएका थिए । बाँके जिल्लाका विभिन्न धर्म मान्ने युवाहरुको सहभागिता रहेको थियो ।
सो कार्यशालमा सहभागी युवा साहिल अन्सारीले यस्ता कार्यक्रमले सामाजिक सद्भाव कायम गर्नमा मद्धत पुग्ने आशा ब्यतm गरे । त्यसैगरि अर्का सहभागी मेनका रावतले यस कार्यक्रमले एकअर्काको धर्म बारे जानकारी पाइएको र सम्पूर्ण धर्मलाई सम्मान तथा समान तवरले हेनु पर्ने बताईन् ।
त्यसै गरि शान्ति सद्भाव र मेलमिलापका लागि अन्तरधार्मिक सम्वाद कार्यक्रम समेत गरिने आयोजकले बताएको छ । सो अन्तरसम्वादमा विभिन्न धर्मगुरुहरु (मुस्लिम, हिन्दु, क्रिसियन, सिख र बौद धर्म)को सहभागिता रहनेछ । त्यसैगरि नरैनापुर गाउँपालिकाको मटेहियामा स्थलगत अनुगमन पनि गरिने कार्यक्रम रहेको छ । सो अन्तरधार्मिक संवाद कार्यक्रमको आयोजना इन्टरफेत को–आपेरेशन फोरुमको सहयोग रहेको छ ।
Discussion about this post