बाँके फागुन २९ गते ।
बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले बाँकेमा दिनहु जसो भइरहेको सवारी दुर्घटनाका बारेमा सम्बन्धित सरोकारवालाको ध्यान आकर्षण गराउनु भएकोछ । उहाँले बिहिबार प्रतिनिधि शभाको बैठकमा बोल्दै सवारी दुर्घटना रोक्न प्रतिनिधिसभा मार्फत सरोकारवालाको ध्यान आकर्षण गराउनुभएको हो । प्रतिनिधिसभाको बैठकमा बोल्दै साँसद अथकले यहि फागुन २७ गते देखि २९ गते सम्म ३ दिनमा ५ जनाको मृत्यु भएको भन्दै गम्भिर बन्न अनुरोध गर्नु भएकोछ । साँसद अथकले शभामा बोल्दै बाँकेको अगैयामा बिष्णु बेल्बासे , बैजनाथमा दिल बहादुर पुन ,कोहलपुरको पिपरीमा रामपति थारु, कोहलपुरको बसपार्क नजिक जय बहादुर रोका र जानकीमा ठाकुर खटिकको ज्यान गएको भन्दै मृतक प्रति श्रद्दान्जली र परिवारमा समबेदना प्रकट गर्दै मृतकका परिवार लाइ उचित राहत र क्षेतिपुर्ती सहित घाइतेहरु लाइ उपचारको माग गर्नु भएकोछ । यसै गरि प्रतिनिधिसभामा बोल्दै साँसद अथकले नेपालगँज खजुरा रोडमा पर्ने मेनिफ्याक्चिङ इन्डस्ट्रिज प्रा लि ले सँचालन गरेको चप्पल कारखानामा भीषण आगलागी हुदा सनाखत हुन नसकेको एक जनाको मृत्यु भएको र दिलिप चमार गँभिर घाइते भएको भन्दै करौडौकोक्षेति भएकोले राज्यले राहत दिनुपर्ने बताउनु भयो । उहाले शभामा बोल्दै ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायले समयमै ध्यान नदिए सवारी दुर्घटनाले भयानक रुपलिने जनाउदै आफुले यथासक्य रोकथामका लागि पहल गर्न आग्रह गरेको जनाउनु भएकोछ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post