बाँके फागुन २९ गते । भारत सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न विदेशका नागरिकलाई रोक लगाएको छ । भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ ।भारले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत शुक्रबार देखि मुलुक छिर्न नदिने घोषणा गरेको हो। कोरोना भाइरस’ ९कोभिड–१९० को संक्रमणविरुद्ध जुध्न भारत सरकारले करिब १२५ वर्ष पुरानो कानुन लागू गरेको छ ।
मन्त्रिपरिषदका सचिव राजीव गौबाको अध्यक्षतामा बुधबार बसेको समीक्षा बैठकले १८९७ मा बनेको महामारी रोगविरुद्धको ऐनअन्तर्गतको खण्ड दुईको व्यवस्था लागू गर्ने निणय गरेको हो ।स्वास्थ्यमन्त्री डा। हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो ।चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।
Discussion about this post