कपिलवस्तु फागुन ३० गते ।
कपिलवसतु जिल्ला अदालतका दोभाषे तथा पुर्व शाखा अधिकृत बिश्वनाथ चौधरी २ लाख घुस सहित बिहीवार पक्राउ परेका छन । अख्तियारले मुद्धा जिताई दिने भन्दै सेवाग्राहीसंग २ लाख घुस लिदा लिदै चौधरीलाई रंगेहात नियनत्रणमा लिएको हो । अख्तियार दूरुपयोग अनसंधान आयोग बुटवलबाट खटिएका टोलीले कपिलवस्तु नगरपालिका– १ गौढी टोलको महामाया पे्रस अघिबाट उनलाई घुस सहीत पक्राउ गरेका थियो । सेवाग्राहीसंग घुस लिए पछि अख्यिाकारको टोलीले नियन्त्रणमा लिन खोज्दा आत्तिएका चौधरीले २ लाख रुपैया माहामाया प्रेसको अफिसको घर्रामा राखेका थिए । अख्तियराका खटिएका टोली श्रोत अुनसार हजारका कुल २ सयवटा नोट सहीत चौधरी अख्तियकारको फन्दामा परेका थिए । घटनाको मुचुल्का उठाएर आवश्यक अनसंधानकालागि अख्तियारले चौधरीmलाई आफुसंगै बुटवल लगेको छ । कपिलवस्तु नगरपालिका– ४ पटखाहवाका चौधरी गत असोज १४ गते सेवानीबृत भएका थिए । सो लगत्तै अदालतले उनलई दोभाषेकारुपमका करारमा नियुक्त थियो । अदानलतका श्रेस्तेदार चिन्तामणि शर्मा अनुसार चौधरी हाल दोभाषेकारुपमा कार्यरत थिए । टाईपिस्टबाट सेवा सूरु गरको उनी बडुवा हुदै शाखा अधिकृत भएका थिए । लामो सयम अदालतमा कार्यरत चौधरीले बिचौलियको काम गनै गरेको श्रोतले बताएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post