बाँके फागुन ३० गते । भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक न्यूरो सेवा सुरु भएको छ । अस्पतालमा न्यूरो सर्जन हरि पौडेल आएसँगै टाउकोमा चोट लागेका विरामीहरुलाई उपचारका लागि अव काठमान्डौं तथा भारतको लखनउ जानु पर्ने अवस्थाको अन्त्य भएको हो । विगत दुई महिनादेखि नै अस्पतालमा न्यूरो सेवा दिन सुरु गरिएको जानकारी दिंदै डाक्टर पौडेलले यो अवधिमा ४÷५ जना विरामीको जटिल खालको शल्यक्रिया सफलतापूर्वक गरिएको जानकारी दिनुभयो । यो अवधिमा ४०÷५० जना न्यूरोका विरामीेले सेवा लिएका छन् । चितवन पश्चिम सरकारी अस्पतालमा न्यूरो सर्जन भएको भेरी अस्पतालमात्र हो । न्यूरो उपचार यसै पनि महगो छ, तर निजी अस्पतालमा भन्दा भेरी अस्पतालमा धेरै सस्तोमा उपचार भइरहको छ डाक्टर पौडेलले भन्नुभयो । भेरी अस्पतालमा जुन उपकरण जनशक्ति छ त्यसले काठमान्डौं र लखनउ बराबरको न्यूरो सेवा दिने डाक्टर पौडेलको दावी छ । तर न्यूरो सेवाबारे धेरैलाई जानकारी नहुँदा विरामीहरुले अनावश्यक दुःख पाउने गरेको र महंगोमा पर्ने गरेको उहाँको भनाइ छ । डाक्टर पौडेलले भेरी अस्पतालबाहेक बचेको समयमा नेपालगन्ज सुर्खेतरोडको औद्योगिक क्षेत्र अगाडी रहेको रामारोशन मेडिकलबाट समेत सेवा दिदै आउनुभएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post