फाइल फोटो
काठमाडौँ चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणको क्रममा प्रधानमन्त्री ओलीको पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि आएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए ।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको स्टेन्ट निकालेपछि आइतबार नै बालुवाटर फर्किनेछन् ।
Discussion about this post