बर्दिया चैत २ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा २ जना महिला मृत भेटिएका छन् ।
आइतबार बिहान स्थानियले लास देखे पछि प्रहरीलाई खबर गरेका थिए । ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मिर्चैयामा रहेको सिचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले जनाएको छ ।
प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ गोविन्दपुर बस्ने अन्दाजी ७० वर्षिय मिश्री थारु र उहाँकी अन्दाजी ४६ वर्षिय बुहारी फुलरानी थारुको शव फेला परेको हो । शनिबार मिर्चैयामा रहेको आफन्तको घरबाट आफ्नो घर फर्किने क्रममा असिनासगै परेको चट्यान लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
शव पोष्टमाटमका लागि गुलरिया पठाइएको र थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँका प्रहरी निरिक्षक बसन्त पाण्डेले जानकारी दिएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post