बाँके चैत ४ गते । बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. ६ हिरमिनिया र वार्ड नंं १ होलिया स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज मंगलबार आयोजित छुट्टाछुट्टै समारोहमा दुई वटै भवनको उदघाटन गर्नुभयो । नवनिर्मित हिरिमिनिया स्वास्थ्य चौकीको साढे दुई तले भवनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सम्पूर्ण नागरिकको स्वास्थ्यमा पहुँच तथा गुणस्तरिय स्वास्थ्य सेवाका लागि गाउँपालिकाले विशेष अभियान संचालन गर्दै आएको बताउनुभयो ।
उहाँले गाउँपालिकाले दुई स्थानमा निशुल्क प्रयोगशाला, एम्बुलेन्स सेवा र उच्च रक्तचाप तथा मधुमेह रोगीका लागि समेत निशुल्क औषधी वितरण गरिरहेकाले त्यसलाई विश्वासका साथ सेवन गर्न आग्रह गर्नुभयो ।
उहाँले स्वास्थ्य सेवाको पहुचबाट टाढा रहेको वडा नं. १ को राप्तीपारी चौफेरी, कुडुवा र वडा नं. ५ को डलैपुर गाउँमा सामुदायिक स्वास्थ्य एकाई स्थापना गर्ने बताउनुभयो । ५ कठठा जमिनमा रु १ करोड २८ लाख ६५ हजार ४१२ को लागतामा साढे दुई तलाको भवन निमार्ण भएको स्वास्थ्य चौकी इन्चार्ज भिमबहादुर विकले बताउनुभयो । यसैगरि होलिया स्वास्थ्य चौकीको ३ कोठे भवनको पनि उदघाटन गरियो । त्यस अवसरमा स्वास्थ्य चौकीको भवन निमार्णका लागि समाजसेवी हरिनारायण चौधरीले २ कठठा जग्गा दान गर्नुभएको थियो ।
Discussion about this post