भिडियो सहित
जावेद अन्सारी बाँके चैत ६ गते । प्रहरी विरुद्ध नेपालगन्जका अटो चालकहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरीले चेकिङका नाममा चिट काट्न थालेपछि त्यसको विरोधमा अटो चालकहरुले नेपालगन्ज उपमहानगरपालिकाको मुल गेटमा प्रदर्शन गरेका छन् ।
बाँके प्रहरीले अभियान नै थालेर लाइसेन्स जाँच गर्ने, क्षमता भन्दा बढी यात्रु राखे नराखेको, अगाडि यात्रु संख्या बसाएको नबसाएको हेरेर चिट काट्ने गरेको छ ।
अटो चालक मुसन कुमार शाहका अनुसार प्रहरीले अनावश्यक दुःख दिने गरेको बताउनुभयो ।
प्रहरीले लाइसेन्स नभएका, यात्रु धेरै बसाएकालाई रु ५ सयदेखि १५ सय रुपैयाँ जरिमाना काट्ने गरेको छ । प्रहरीले चेकजाँच गरेर नियम विपरीत सन्चालन भएका अटोरिक्साहरुलाई दिनभरी नियन्त्रणमा लिएर साँझ मात्र छाड्ने गरेको छ । दिनभरीमा केही कमाई हुने र त्यो पनि प्रहरीले लगिदिने भन्दै अटो रिक्सा चालकहरुले वीपीचोकमा सडक जाम समेत गरे ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले भने प्रहरीले कानुन कार्यान्वयनमा कडाइ गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, यो कुनै अनावश्यक होइन्, अटोरिक्साहरुलाई व्यवस्थित गर्न खोजिएको हो ।
उहाँले ट्राफिक नियम सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले नियम विपरीत अटो रिक्सा चलाउनेहरुलाई कारवाही गरिएको बताउनुभयो ।
यस्तै यातायात व्यवस्था कार्यालयका बालकृष्ण चौधरीले अटो रिक्साहरु दर्ता प्रक्रियामा नआउँदा समस्या भएको बताउनुभयो । चक्काजामपछि प्रहरीले केही दिन चेकजाँचलाई कडाई नगर्ने मौखिक प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलन रोकिएको अटो चालकहरुले बताए ।
Discussion about this post