बाँके चैत ६ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि बाँकेको डुडुवा गाउँपालिकाले यसबाट बच्न सम्पुर्ण गाउँबासीलाई अपिल गरेको छ । गाउँपालिकाले आज बिहीबार प्रेस विज्ञप्ती निकालेर कोरोनाको संक्रमण बढन थालेपछि सोबाट बच्न तथा सावधानीका लागि सार्वजनिक स्थल, खेलस्थल, हेथ्थ क्लब, मनोरञ्जन स्थलमा जान र घर बाहिर आवत जावत नगर्न हिडडुल नगर्न लगायत अपिल गरेको छ । यसको संक्रमण छिमेकी मुलुक भारतमा देखिएपछि सिमा नाका अन्र्तगत पर्ने गाउँपालिका नागरिकलाई बढी जोखिम भएपछि सावधानीका लागि पहल थालिएको छ । गाउँपालिकाले सिमा नाका अन्र्तगत पर्ने हिरिमिनिया, होलिया र बेतहनीमा भोली हेल्थ डेक्स स्थापना गरिने प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अहिले नागरिकका लागि मास्क र सेनीटाईजरको अभावको बेला सम्पुर्ण नागरिकका लागि व्यवस्थापन गर्न संघिय सरकारसंग माग गरिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post