बाँके चैत ६ गते । प्रहरी विरुद्ध नेपालगन्जका अटो चालकहरु आन्दोलनमा जनमत पार्टी र समाजवादी पार्टीले समेत साथ दिएका छन् । जनमत पार्टीका अध्यक्ष इरफान अहमद शेष र समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राजन राना मगरले छुटछुटै विज्ञप्ती निकालेर आन्दोलनलाई साथ दिएका हुन् । निम्न आयस्तर भएका ई-रिक्सा चालकहरूलाई चेकजाचका बहानामा बिना कुनै प्रमाण रिक्सालाई ट्राफिक हिरासतमा राख्ने , चाबी खोस्ने ,अम्रयादित भाषा प्रयोग गर्ने ,दैनिक ज्याला भन्दा बढी जरिवाना काटने तथा गोप्यरूपमै रकम लिने प्रहरी हर्कत स्वभनिय नभएको विज्ञप्तीमा भनिएको छ । प्रहरीले चेकिङका नाममा चिट काट्न थालेपछि त्यसको विरोधमा अटो चालकहरुले नेपालगन्ज वीपी चोकमा प्रदर्शन गरेका थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post