सरला सुबेदी बाँके चैत्र ७ गते । प्रेस संगठन बाँकेको प्रथम पूर्णकालीन बैठक सम्पन्न भएको छ । नेकपा अध्यक्ष तथा प्रदेश सभा सदस्य आइपी खरेलको प्रमुख आतिथ्यमा बैठक सन्चालन भएको थियो बैठकमा बोल्दै प्रमुख अतिथि खरेलले कोरोना बाट बच्न सकारात्मक लेख रचना लेखेर सबैलाई सतर्क रहन सजक गराउने कोरोना भाइरस संक्रमण हुन नदिन सचेत र सजगत भइ काम गर्न अनुरोध गरेका छन् ।
पहिलो बैठकले पत्रकार खगेन्द्र दाहाल र रामु ओलीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ । प्रेस संगठन बाँकेका संयोजक डक्टप्रसाद धितालको अध्यक्षतामा बसेको बैठकमा संगठनका आगामी रणनीति र सचिवालय गठनका सम्बन्धमा समेत छलफल भएको थियो । बैठकमा नेकपा जिल्ला सचीव अशोक कोइराला, प्रचार बिभाग प्रमुख प्रमोद धिताल, प्रेस संगठनका केन्द्रिय सदस्य भेषराज बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post