बाँके चैत ८ गते । कोरोनाको जोमि रोक्न नेपालगन्जको जमुनाह नाकामा आजदेखि नेपाली सेना परिचालन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनालाई पनि नाकामा परिचालन गरिएको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले यसअघि नै नाकामा हेल्थ डेस्क राखेर भारतबाट नेपाल प्रवेश गर्नेहरुमाथि निगरानी गर्दै आएको छ । प्रहरी र सेनाको निगरानीमा स्वास्थ्यकर्मीले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको शरीरको तापमान मापन गर्ने काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । कोरोना नभित्रियोस् भनेर सजगता अपनाउदै जमुनाह नाकामा चेकजाँचका लागि हेल्प डेस्क खडा गरि मेसिनबाट शरीरको तापमान मापन गर्ने गरिएको छ ।
Discussion about this post