बाँके चैत ८ गते । मुस्लिम समाज नेपालगनञ्जले आज पनि निःशूल्क माक्स वितरण गरेको छ। विश्व व्यापी आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन मुस्लिम समाजले खजुराका तीन ठाउँमा एक हजार माक्स वितरण गरेको हो । अहिलेसम्म १५९ वटा राष्ट्रमा फैलिएको कोरोनाको त्रास नेपालमा पनि फैलिन सक्ने जोखिम रहेकाले त्यसको पूर्वतयारीका रुपमा माक्स वितरणलाई तीब्रता दिइएको मुस्लिम समाजका अध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना)ले जानकारी दिनुभयो ।
यसअघि हिंजो धम्वोजीमा पाँचसय माक्स निःशूल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले अहिले सम्म कोरोनाको संक्रमण भएका व्यक्ति नेपालमा नदेखिएको र छिमेकी मुलुक भारतमा संक्रमित व्यक्ति भेटिएकाले नेपालमा पुर्व साबधानी अपनाउन खुला सिमा नाका बन्द गर्नु पर्ने उहाँको भनाइ छ । भोली नेपालगन्जको त्रिभुवन चोकमा माक्स वितरण गरिने छ । माक्स वितरणमा सहयोग पुर्याएको भन्दै मुस्लिम समाजको अगुवालाई नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना),हरि न्यौपाने ले धन्यवाद समेत दिएका थिए ।
Discussion about this post