कृष्णा यादब वीरगंज ९ चैत्र गते । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गरेका छन् । विश्वव्यापी रुपमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम गर्न निमित्त सांसद यादवले आइतबार वीरगञ्जमा मास्क र सेनिटाईजर वितरण गरेका हुन् ।
आज बिहान उनले वीरगञ्ज माइस्थानको बजार देखि घण्टाघरसम्मका विभिन्न व्यपारी, बटुवा, रिसका चालक र स्थानीयलगयातलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए ।
विश्वस्तरमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिन श्वसन स्वच्छता र हात स्वच्छता आवश्यक रहेको उनले बताए ।
सांसद यादवले जनस्तरमा अहिले पनि कोरोना संग जोगिने उपायहरुबारे अधिक जानकारी नभएको कारण पनि आफुले मास्क र सेनिटाईजर वितरण गर्दै जागरुकता फैलाउन प्रयास गरेको भने ।
उनले सबैलाई नेपाल सरकार र डब्ल्युएचओले दिएको निर्देशन अनुसार श्वसन स्वच्छता र हात स्वच्छताका तरिका अपनाएर आफुलाई र अरुलाई यो रोगबाट बचाउन आग्रह गरे ।
उनले सबैलाई सामाजिक दुरी बनाएर सावधानी अपनाउदै आवश्यक परे मात्र घर बाहिर निस्किन सुझाव दिए ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका यादवले लगभग २ हजार थान मास्क र सेनिटाईजर वितरण गरेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए । बरनवालले आगामी दिनमा आवश्यक परे थप सहयोग बाड्न सांसद यादव तयार रहेको बताए ।
यादवको नेतृत्वमा गएको टोलिमा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, वीरगंजम हानगर अध्यक्ष इशवर यादव लगायतको सहभागिता रहेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post