बाँके चैत ९ गते । खाद्यान्न र ग्याँस जस्ता अत्यावश्यक बस्तुको कालो बजारी हुन नदिन बाँकेमा अनुगमनलाई तिब्र पारिएको छ । कोरोना भाईरसको मौकाछोपी बजारमा अभाव श्रृजना गरि कालोबजारी गर्ने बिरुद्ध वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय र खजुरा गाउँपलिकाको संयुक्त टोलिले खजुरामा पहिलो पटक अनुगमन गरेको हो । खजुराका उपभोक्ताहरुबाट ब्यापक गुणासो आएका कारण बजारका खाद्य वस्तु र ग्याँस पसलहरुको अनुगमन गरिएको वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए । उनले अनुगमनका क्रममा खाद्यवस्तुहरुको उपभोग्य मिति सकिएको, मूल्यसूचि नराखेको, बिल नकाट्ने, खरिद बील नराखेर बिक्रि बितरण गरेको पाईएको बताए । उनले ग्याँस पसलको अनुगन गर्दा ग्यास रहेको र ग्याँसको अभाव नदेखिएको बताए । आफूहरु निर्वाचित भैसकेपछि खजुरा बजार क्षेत्रको पहिलो पटक अनुगमन गरिएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिकले बताईन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post