बाँके चैत्र ९ गते । नेपालगन्ज उपमहानगरपलिका वडा नम्बर ८ ले आज महेन्द्र पार्क नजिकै रहेको घासमण्डिका प्रत्येक घर घरमा गएर निशुल्क माक्स बितरण गरिएको छ ।
१० हजार मूल्य बराबरको माक्स वितरण गरिएको हो ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न अनि बचाउन माक्स बितरण गरिएको वडा अध्यक्ष सुरेन्द्र बैश्य गुप्ताले बताउनुभयो । उहाँले सबैले बजारमुखी भएर माक्स वितरण गरिरहदा यो बिपन्न बस्तीमा कसैको नजर नपरेको ले वडा कार्यालयको लगानीमा माक्स बितरण गरेको बताउनुभयो ।
उहाँले वडा बासीहरुलाइ जनचेतना को लागि वडा कार्यालयको सहयोगमा ५ सय पिस माक्स र बिजय वैश्यको व्यक्तिगतमा ५ सय गरि १ हजार पिस गरि १० हजार बराबरको माक्स वितरण गरेको बताउनुभयो । माक्स वितरण कार्यक्रममा कोरोना संक्रमण सम्बन्धी जानकारी दिदै माक्स वितरण गरिएको थियो ।
वडामा भएको १० हजार जनसंख्या लाई जनचेतनाको लागि सबै लाई साबुन पानीले हात धुन सिकाउने जस्ता जनचेतनामूलक कार्यक्रम भई रहेको वडा अध्यक्ष वैश्यले बताउनुभयो ।
Discussion about this post