बाँके चैत १० गते । बाँके प्रशासनले भोलीदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । विश्वव्यापीरुपमा आतंक मच्चाइरहेको कोरोना जोखिमको न्यूनिकरणका लागि निषेधाज्ञा जारी गरिएको बाँकेका सिडियो कुमार बहादुर खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार, अत्यावश्यक कामबाहेक कुनै पनि नागरिक घरबाट बाहिर ननिस्कन प्रशासनले भनेको छ ।
जिल्ला प्रशासनमा आयोजित पत्रकार सम्मेलनमा सिडियो खड्काले भन्नुभयो, अनावश्यक हिडडुल गरे प्रहरीले बल प्रयोग गर्न सक्छ । उहाँले रिक्सा, अटोरिक्सादेखि सम्पूर्ण सवारी साधान सन्चालनमा रोक लगाइएको समेत जानकारी गराउनुभयो । सरकारले भनेका केही महत्वपूर्ण सेवा बन्द हुने छैन अरु सबै बन्द गरिने छ, सिडियो खड्काले भन्नुभयो । एम्वुलेन्स, दमकल, सुरक्षाकर्मी, पत्रकार, मानवअधिकारलगायतका सवारी साधन भने निर्वाध चल्न पाउने उहाँको भनाइ छ ।
Discussion about this post