बाँके चैत १० गते । कोरोना महामारीबाट सबैलाई सुरक्षित रहनका लागि बाँकेमा मंगलबारदेखि जनता कर्फ्यु लाग्ने भएको छ । स्थानीय प्रशासनले सवारी साधन र अनावश्यक हिंड्डुल रोक्न जनता कर्फ्यु लगाउने भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अत्यावश्यक बाहेक कसैलाई बाहिर निस्कन नदिने बताए। घर बाहिर निस्कनेलाई प्रहरीले बल प्रयोग गर्ने उनले जानकारी दिए।
घरमै सुरक्षित साथ बस्न आग्रह गर्दै लकडाउन गरिएपनि मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्किएपछि जनता कर्फ्यु लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। उनले सबैलाई घरमै सुरक्षित बसिदिन आग्रह गरेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post