बाँके चैत्र १० गते । बिश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न अनि बचाउन समाजबादी पार्टीकी प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले ले निशुल्क माक्स वितरण गरेकि छिन् ।सबैको ध्यान बजार क्षेत्रमा मात्र जाने ग्रामीण क्षेत्रमा कसैको ध्यान नजाने हुनाले ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थलाई मध्यनजर गर्दै माक्स बितरण गरेको उनले बताइन ।
नेपालगन्ज उपमहानगरपालिका १३ मा माक्स बितरण सङ्गै बिश्वव्यापी आतंक मच्याएको कोरोना बाट बच्ने र बचाउने उपाय सिकाउदै नियमित रुपमा साबुन पानीले हात धुने सेनेटेराईजर को प्रयोग गर्ने जथाभावी बाहिर ननिस्क्ने भन्दै माक्स वितरण सङ्गै सचेतना बाड्दै हिडेको उनले बताईन ।
उनले आफ्नै लगानिमा ५ सय भन्दा बढी माक्स ग्रामिण समुदायमा गएर बितरण गरेको र आफ्नो टोल भित्र आवतजावत गर्ने सर्वसाधारणलाई साबुन पानीले हात धुनको लागी घर अगाडी साबुन र पानीको व्यवस्था गरेको बताइन ।
Discussion about this post