बाँके चैत ११ गते । कोरोनाको जोखिम फैलिन नदिन सरकारले आजदेखि एकहप्तासम्म देशलाई लकडाउन गरेको छ । लकडाउन भनेको अति जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कनु हो । सरकारको यो निर्णय भने नेपालगन्जबासीले तोडेका छन् । एक हिसावले अहिले नेपालगन्ज बजारमा मेला जस्तै लागेको छ । मानिसहरु निर्वाध हिडडुल गरिरहेका छन् ।
तर प्रहरी प्रशासन भने मुखदर्शक बनेको छ । सिडियो, एसपी, डिएसपी कसैलाई केही चासोे नै नभएजस्तो देखिन्छ । उनीहरुलाई तारन्तार फोन गर्दा पनि फोन उठेन् । कोरोना भाइरस पत्ता लगाउने नेपालगन्जका कुनैपनि मेडिकलसँग किट छैन् । यस्तो जोखिमपूर्ण अवस्थामा पनि मानिसहरु गम्भीर देखिएका छैनन् । विश्व हल्लाइरहेको कोरोनालाई नेपालगन्जबासीले उल्टै हल्लाइरहेको अनुभूति भयो एकजना सर्वसाधरण व्यंग्य गर्दै थिए ।
Discussion about this post