बाँके चैत १२ गते । नेपालगन्ज उद्योग वाणिज्य संघले डिउटीमा खटिने प्रहरीको व्यक्तिगत सुरक्षाका लागि ग्लोब्स र सेनिटाइजर सहयोग गरेको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहलाई बुधवार ५ सय थान ग्लोव्स र ५० पिस सेनिटाइजर हस्तान्तरण गर्नुभएको हो । कोरोना संक्रमण बिरुद्धको लकडाउन, स्वास्थ्य परीक्षण जस्ता महत्वपूर्ण काममा खटिएका प्रहरीका लागि उक्त सामाग्री अति नै जरुरी पर्ने डिएसपी सिंहले बताउनुभयो । यस अघि संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post