बाँके चैत १३ गते । समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ । संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने ती सामाग्री हस्तान्तर गरे । कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा समेत जनतालाई सूचना सम्प्रेशन गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि ग्लोब्स र सेनिटाइजर वितरण गरेको अध्यक्ष मन्सुरीले बताए ।
संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा साथ दिदै बिपत्तकालीन कोष निर्माण गरेको छ भने भेरी अस्पताल, शिक्षण अस्पताल, नेपाली सेना र प्रहरीलाई पिपिआई सहितका अन्य स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post