बाँके चैत १३ गते । तरकारीको सहज आपूर्तिका लागि नेपालगन्जको उपमहानगरपालिकाले जायजा लिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाकाले रानी तलाउ तरकारी तथा फलफुल मण्डी समिति र तरकारी विक्रेता ब्यवसायीसँग तरकारीको सहज आपुर्तीका लागि आज छलफल गर्दै सहजताका लागि प्रयास सुरु गरेको हो । वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके सहितको प्रतिनिधित्व रहेको बैठकले तरकारी मण्डीबाट खुद्रा विक्रेता ठेला र साईकलमा वडामा तरकारी विक्रि वितरण गर्ने तयारी गरेको छ ।
यसो गर्नाले साझ रानीतलाउमा लाग्ने मानिसको भीड समेत नियन्त्रणमा आउने विश्वास लिइएको छ। त्यसका लागि स्थानीय प्रशासनसँग समन्वय गरिने उपमेयर उमा थापामगरले जानकारी दिनुभयो । तरकारी मण्डी रहेको वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताको अध्यक्षतामा भएको बैठकमा समितिका अध्यक्ष मोतीसरा खड्का सहितका ब्यवसायी, उपमहानगरपालिकाका प्रशासन प्रमुख शरद पौडेल, वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल,जिल्ला प्रशासनका वेदेश्वर गौतम लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post